भर्खरै काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनबाट नेकपा माओवादी केन्द्रको अध्यक्ष पदमा पुनः निर्वाचित पुष्पकमल दाहाल प्रचण्डलाई देश–विदेशबाट बधाई दिने क्रम जारी छ।
यसै मेलोमा उनका कट्टर आलोचक नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले भने व्यंग्यात्मक बधाई दिएका छन्।
पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीबाट सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएको भोलिपल्ट मंगलबार बिहान प्रचण्डलाई एमाले केन्द्रीय सदस्य बाँस्कोटाले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन्।
पूर्वमन्त्रीसमेत रहेका उनले लेखेका छन्, ‘प्रचण्डको प्रस्तावमा पुष्पकमल दहाल माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा सफल कार्यकालको हार्दिक शुभकामना!!!’
129
Shares
प्रतिक्रिया