ad ad

राजनीति


माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीविरुद्ध ‘बा’ शब्दसहित गोकुल बाँस्कोटाको कटाक्ष

माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीविरुद्ध  ‘बा’ शब्दसहित गोकुल बाँस्कोटाको कटाक्ष

नेपालखबर
पुस १९, २०७८ सोमबार ५:५७, काठमाडौँ

सर्वाेच्च अदालतको फैसलाले प्रधानमन्त्री पदबाट बर्खास्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार (प्रधानमन्त्रीको सरकारी निवास) बाट बालकोट (निजी निवास) फर्किन पर्यो। तर त्यसबेला उनी निराश भएर होइन, अघिपछि युवा (युवा संघका नेता/कार्यकर्ता) को हुल लगाएर तामझामका साथ गएका थिए। सम्भवतः त्यही बेलादेखि उनलाई एमाले कार्यकर्ताले ‘बा’ भनेर सम्बोधन गर्ने गरेको कुरा आम रूपमा थाहा भएको हो। 

त्यसपछि गत मंसिरमा एमालेको आठौं महाधिवेशनका बेला आलोचकहरूले ‘बा’ शब्दको प्रयोगलाई अझ व्यापक बनाए। अहिले पनि ओलीविरुद्ध टिप्पणी गर्नेले यो शब्द प्रयोग गर्न छाडेका छैनन्। अन्य नेताको हैकमको आलोचना गर्दा पनि बिस्तारै ‘बा’ शब्दकै प्रयोग गर्न थालिएको छ। 

हुँदाहुँदा एमालेकै नेताहरूले पनि अन्य पार्टीका नेताको आलोचना गर्नुपर्दा यही शब्दको प्रयोग गर्न थालेका छन्। यसै क्रममा ओलीका अति प्रिय पात्र भनेर चर्चित एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनबाट ‘सर्वसम्मत’ रूपमा आइतबार नवनिर्वाचित २३७ सदस्यीय माओवादी केन्द्रको केन्द्रीय समितिविरुद्ध बा शब्दसहित कटाक्ष गरेका छन्। 

बाँस्कोटाले आइतबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘दाइ+भाइ+बा+छोरी+ससुरा+बुहारी+मनोनीत हुन बाँकी ज्वाइँ =​ परिवार पार्टी पनि देखियो नेपालाँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .