ad ad

राजनीति


संसदीय अभ्यास विपरित बागमती र कर्णाली प्रदेशसभाका उपसभामुख पनि बने माओवादी केन्द्रीय सदस्य

संसदीय अभ्यास विपरित बागमती र कर्णाली प्रदेशसभाका उपसभामुख पनि बने माओवादी केन्द्रीय सदस्य

नेपालखबर
पुस १९, २०७८ सोमबार ५:४२, काठमाडौँ

कर्णाली र बागमती प्रदेशका उपसभामुख नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यको सूचीमा परेका छन्। 

आइतबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेशकी उपभामुख राधिका तामाङ र कर्णाली प्रदेशकी उपभामुख पुष्पा घर्तीको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन्।

महाधिवेशनको बन्दसत्रमा प्रचण्डले उनीहरुको नाम पी.घर्ती र आर. तामाङ भनेर बाचन गरेका थिए।

घर्ती र तामाङ जनजाती महिला र जनजाती युवा कोटाबाट माओवादी केन्द्रीय सदस्य बनेका एक नेताले जानकारी दिए।

संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख कुनै पनि दलको सदस्य नहुने प्रचलन छ। 

सभामा निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा गर्ने परंपरा छ। यस अघि माओवादी नेताहरुले पनि त्यस्तो अभ्यास गर्दै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .