ad ad

राजनीति


माओवादी स्थायी समिति बैठक सकियो, केन्द्रीय सदस्यको नाम घोषणा हुँदै

माओवादी स्थायी समिति बैठक सकियो, केन्द्रीय सदस्यको नाम घोषणा हुँदै

नेपालखबर
पुस १८, २०७८ आइतबार १६:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। आगामी कार्यकालका लागि पार्टीको केन्द्रीय सदस्यको नाम टुंगो लगाउन यो बैठक बसेको थियो।

आइतवारै दिउँसो १ बजे पदाधिकारीसहित केन्द्रीय समिति घोषणा गर्ने तयारी भए पनि सहमति जुटाउन ढिला भएको हो।

माओवादीले सहमति जुटाउने कोसिसमा लागिरहँदा निर्वाचन समितिले दोस्रो पटक निर्वाचन कार्यतालिका संशोधन गरेको छ। 

माओवादी नेतृत्वले सहमतिमै नेतृत्व चयनका लागि प्रयास गरिरहेपछि आइतवार २ बजेदेखि हुने भनिएको निर्वाचन कार्यतालिकालाई २ घण्टा पर सारिएको थियो। 

यदि सहमति अनुसार केन्द्रीय समिति घोषणा नभएमा दोस्रो पटक आइतवार अपरान्ह चार बजेसम्मका लागि सारिएको निर्वाचन कार्यतालिका अुनसार प्रक्रिया अघि बढ्नेछ।

तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केहीबेरमा बन्द सत्र हलमा सहमतिको केन्द्रीय समिति घोषणा गर्ने सम्भावना छ। 

माओवादीले ८ प्रदेशबाट प्राप्त नामावली अनुमोदन गर्ने गरी केन्द्रीय सदस्यको नाम टुंगो लगाउन चाहेको छ।

सर्वोच्च अदालतले नेकपा भंग गर्दै पार्टी पुनःस्थापना भएयता माओवादी केन्द्रको स्थायी कमिटीमा १५ सदस्य छन्। 

माओवादी केन्द्रको विधानअनुसार अबको केन्द्रीय समितिमा १५ जना पदाधिकारीसहित २ सय ९९ सदस्य रहनेछन्। 

स्थायी समितिको बैठक सकिएपछि बन्दसत्रमा पदाधिकारीसहित केन्द्रीय समितिमा रहनेहरूको सूची घोषणा गर्ने तयारी भएको हो।

सहमति भए ध्वनि मतका साथ पास गर्ने नभए चुनाव सुरु गर्ने तयारी छ। 

नेतृत्व चयन गर्न हुने निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ  नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको थियो।

तर पहिलो पटक आइतवार २ बजेलाई सारिएको तालिका फेरि २ घण्टा सारिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .