ad ad

राजनीति


देउवालाई अर्जुन नरसिंह केसीको प्रश्न : १० मनोनीतमा मीनेन्द्र रिजाल...किन परेनन्?

देउवालाई अर्जुन नरसिंह केसीको प्रश्न : १० मनोनीतमा मीनेन्द्र रिजाल...किन परेनन्?

नेपालखबर
पुस १८, २०७८ आइतबार १२:३२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय सदस्यमा १० जना मनोनयन गर्दा पक्षपात गरेको आरोप लगाउन सुरु भएको छ। 

सभापति देउवाले शनिबार रामचन्द्र पौडेलसति १० नेतालाई कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य बनाएका हुन्। 

जसको सूची हेर्दा सभापति देउवाले आफूनिकटलाई केन्द्रीय सदस्य बनाएर गुटबन्दी गरेको देखिएको आरोप कांग्रेस नेता अर्जुन नरसिंह केसीले लगाएका हुन्।

यसअघि नेता गुरुराज घिमिरेले पनि केन्द्रीय सदस्यमा मनोनयन भेदभावपूर्ण रूपमा गरेको टिप्पणी गरिसकेका छन्।

–​रामचन्द्र पौडेल कांग्रेसको केन्द्रीय सदस्य बनेपछि गुरुराज घिमिरे छक्क!

यसै क्रममा कांग्रेस केन्द्रीय सदस्य केसीले पनि असन्तुष्टि जनाएका हुन्। पदाधिकारीमा पराजितलाई मनोनयन गरिएको हो भने बाँकी नेता पनि सूचीमा पर्नुपर्ने केसीको भनाइ छ।

‘सभापतिले कांग्रेस विधानबमोजिम १० जना प्रत्यक्ष वा परोक्ष रूपमा आफ्ना सहयोगीहरूलाई केन्द्रीय समितिमा मनोनीत गर्नुभएको छ। साथीहरुलाई हार्दिक बधाई’, केसीले भनेका छन्, ‘१० बाहेक अरू ४ जनामा महेश आचार्य, डा. मीनेन्द्र रिजाल र डा. चन्द्र भण्डारीलगायतलाई मनोनीतमा छुट्दा ‘प्रथम ग्रासे मक्षिकापात’ देखियो।’ 

देउवाले शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई कांग्रेसको केन्द्रीय सदस्य पदमा मनोनयन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .