ad ad

राजनीति


माओवादी केन्द्र प्रदेश १ : अध्यक्षसहित नौ पदाधिकारीको टुंगो गर्न मतदान

माओवादी केन्द्र प्रदेश १ : अध्यक्षसहित नौ पदाधिकारीको टुंगो गर्न मतदान

मतदानमा सहभागी एक प्रतिनिधि। तस्बिर : अर्जुन आचार्य


नेपालखबर
पुस ७, २०७८ बुधबार २२:३४, इटहरी

माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी चयन गर्न बुधबार राति मतदान सुरु भएको छ। 

अध्यक्षसहित नौजना पदाधिकारी चयन गर्न अहिले मतदान भइरहेको छ। 

मतदानमा दुई सय ५९ जना प्रदेश कमिटी सदस्य सहभागी छन्। मतदान सकिएपछि राति नै गनेर परिणाम सार्वजनिक गरिनेछ।

नौ पदाधिकारीका लागि ३२ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा हर्कबहादुर नेम्वाङ्ग, मुक्साहाङ मेयाङ्बो र कुवेर श्रेष्ठ प्रतिस्पर्धामा छन्। 

तीन उपाध्यक्षमा आठजनाको उम्मेदवारी छ। शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार सामपाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दिरा मिश्र र मोहन बहादुर खत्री उपाध्यक्षको दौडमा छन्। 

सचिव पदमा गणेश उप्रेती 'सुशील' र सिपी कडरिया प्रतिस्पर्धामा छन्। 

तीन सहसचिमा १३ जनाको उम्मेदवारी छ। ऋषिराम ढुङ्गाना 'कुसुम', राजु आचार्य, सन्तोष थारू, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजयप्रकाश बनेम, ठमनाथ पराजुली 'ध्रुव', कृष्ण जिमी 'भरत', दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किराती मैदानमा छन्।

एक कोषाध्यक्षका लागि चारजना मैदानमा छन्। मदनकुमार चुँडाल, रामकुमार कार्की, रेवतराज पुरी 'गगन' र बन्दना झाँगड 'अनिशा'बीच कोषाध्यक्षमा भिडन्त हुँदैछ।

मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मति बनाएको थियो। 

तर पदाधिकारी सहमतिमा छान्न असफल माओवादीले बागमतीपछि १ प्रदेशमा चुनाव गरेको हो। पटक-पटक सहमतिको प्रयास असफलनभएपछि निर्वाचन गरिएको हव। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .