ad ad

राजनीति


एमसीसीले गठबन्धन भत्काएर फेरि प्रतिगमन आउने खतरा बढ्यो : बाबुराम भट्टराई

एमसीसीले गठबन्धन भत्काएर फेरि प्रतिगमन आउने खतरा बढ्यो : बाबुराम भट्टराई

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०७८ सोमबार १७:२७, काठमाडौँ

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन्। 

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष पुस ५ गते प्रतिनिधि सभा विघटन भएको स्मरण गर्दै गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

डा. भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताए। देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिए।

एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुटाएर मात्रै अघि बढ्नुपर्ने उनले बताए। सत्ता गठबन्धन भत्काएर नयाँ ढंगको प्रतिगमन आउने खतरा रहेको उनले औँल्याए।

‘हामीले ध्यान पुर्‍याउन सकेनौँ भने, यो वा ऊ बाहानामा हामीले तन्काउन थाल्यौँ भने सानो सानो एउटा समस्याले पनि एउटा ठुलो विस्फोटक रुप लिएर यो हाम्रो गठबन्धनलाई जसरी भत्काउने प्रयत्न भित्र बाहिरबाट भइरहेको छ', उनले भने, 'त्यो भत्कने र फेरि नयाँ ढंगले प्रतिगमन अगाडि आउने खतरा छ। एमसीसीको मुद्दामा हामीले राष्ट्रिय सहमति, जुटाएर अगाडि बढ्न सकेनौँ भने यही बाहानामा भित्री र बाहिरी शक्तिले गठबन्धन तोडिदिनेछन्। त्यसपछि फेरि अर्को ढंगले प्रतिगमन आउने खतरा छ।'

अध्यक्ष डा. भट्टराईले प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्न आगामी निर्वाचनसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने बताए। 
प्रतिगमनकारीलाई टाउको उठाउनै दिनु नहुने उनको तर्क छ। गठबन्धनका दलहरुबीच आपसी प्रतिस्पर्धा पनि गर्दै प्रतिगमनविरुद्ध एकढिक्का हुनुपर्नेमा उनको जोड थियो। 

‘गठबन्धनलाई हामीले बचाउनै पर्छ। जबसम्म यो प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्न सकिँदैन, कमसेकम आगामी निर्वाचनसम्म यो गठबन्धनलाई बचाएर लानैपर्छ', उनले भने, 'यो प्रतिगमनकारीहरुको टाउको नै हामीले किच्न नसकेसम्म यिनलाई फेरि टाउको उठाउन दिन नसक्ने अवस्थामा नपुर्‍याएसम्म हामी चुप लागेर बस्नु हुँदैन।'

उनले प्राप्त राजनीतिक उपलब्धीहरुको रक्षा गर्दै लोकतन्त्रलाई अझ समृद्ध गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे। उपलब्धीहरु अपूर्ण रहेको उल्लेख गर्दै उनले पूर्णता दिँदै जानुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .