नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफू जहाँ रह्याे, आफ्नो पार्टी पनि त्यहीँ रहने दाबी गरेका छन्।
बिहीबार अपराह्न काठमाडौंमा आफ्नो समूहको भेला गर्दै सिटौलाले भने, ‘म जहाँ रहन्छु, त्यहाँ रहनेछ कांग्रेस।’
आज उनले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्ने चर्चा चले पनि यस विषयमा भने स्पष्ट पारेनन्।
छोटो मन्तव्य राखेका उनले आफ्नो उम्मेदवारी र चुनावी धारणा मंसिर २५ गते मनोनयन दर्ताअघि मात्र सार्वजनिक गर्ने जानकारी दिए।
आफ्नो निजी स्वार्थका लागि आफूले केही नगर्ने दाबी गर्दै उनले पार्टीका नेता/कार्यकर्ताको हितका लागि कदम चाल्ने बताए।
‘म आफ्नो चुनावी धारणा मंसिर २५ गते नोमिनेसन गर्नुअगाडि मात्र सार्वजनिक गर्नेछु’, उनले भने।
सिटौलाको अभिव्यक्ति सुन्दा उनले भोलि मंसिर २४ गते सुरु हुने कांग्रेसको १४औं महाधिवेशनमा आफू निर्णायक रहेको दाबी गरेको बुझिन्छ।
Shares

प्रतिक्रिया