नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन्।
बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा पदाधिकारीका उम्मेदवारबारे छलफल हुने महामन्त्रीका आकांक्षी डा. प्रकाशशरण महतले जानकारी दिए।
बैठकले उम्मेदवारको टुंगो भोलि नै लगाउन नसके छलफल जारी हुने पनि उनले बताए।
मंसिर २४ गतेबाट सुरु हुने कांग्रेसको चौधौं महाधिवेशनका लागि संस्थापन र पौडेल दुवै पक्षले उम्मेदवारको टुंगो लगाउन छलफल तीब्र पारेका छन्।
पौडेल पक्षका सभापतिका आकांक्षीबीच मंगलबार सहमति खोज्न बसेकाे बैठकले साझा उम्मेदवार चयन गर्न सकेन।
यता, संस्थापन पक्षबाट देउवासँगै उपसभापति विमलेन्द्र निधिले सभापतिमा आकांक्षा देखाएका छन्। अन्य पदका आकांक्षीको संख्या धेरै छ।
99
Shares
प्रतिक्रिया