ad ad

राजनीति


कांग्रेस बागमतीको सभापतिमा संस्थापनका इन्द्र बानियाँ विजयी

कांग्रेस बागमतीको सभापतिमा संस्थापनका इन्द्र बानियाँ विजयी

फाइल फोटो


नेपालखबर
मंसिर १९, २०७८ आइतबार २१:५१, काठमाडौँ

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

आइतबार अबेर सम्पन्न मतगणनामा बानियाँ १०८५ मतसहित विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे। 

कूल २०२५ मत खसेकोमा १५८ मतान्तरसहित बानियाँ सभापतिमा निर्वाचित भएका हुन्।

सुरुवाती मतगणनामा बानियाँ पछि परेका थिए। तर मतगणना बढ्दै जाँदा मतान्तर पनि बढाएर उनले जित निकालेका हुन्। 

बानियाँ कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता पनि हुन्।

केसी नुवाकोटका कांग्रेस नेता हुन्। यहाँ पहिलो चरणमा तेस्रो भएका कृष्ण सिटौलानिकट भीमसेनदास प्रधानले बानियाँलाई सघाएका थिए। 

शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशमा जितिसकेको छ।​

लुम्बिनी र प्रदेश १ को जारी मतगणनामा वरिष्ठ नेता पौडेल नेतृत्वको इतर समूह अगाडि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .