राजनीति


अभिनेत्री रेखा थापा लिङ्देन प्यानलबाट महामन्त्री उठ्ने

अभिनेत्री रेखा थापा लिङ्देन प्यानलबाट महामन्त्री उठ्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर १५

राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा राजेन्द्र लिङ्देनको प्यानलबाट चर्चित अभिनेत्री रेखा थापा महामन्त्री पदमा लड्ने भएकी छिन्।

उनीनिकट एक नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार थापा महामन्त्रीमा उठ्ने करिब पक्का भएको छ। 

उम्मेदवारी घोषणा बुधबार बेलुका वा बिहीबार बिहानसम्म गर्ने तयारी थापाले गरेकी छन्। 

राप्रपामा १ जना महिलासहित ३ महामन्त्रीको व्यवस्था छ। लिङ्देन प्यानलबाट धवल शमशेर जबरा पनि महामन्त्रीका दाबेदार हुन्।

'उहाँले अध्यक्षमा दाबेदार लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ,' ती नेताले भने, 'सायद भोलि बिहानसम्म घोषणा भइसक्छ।' 

थापाले पनि त्यसको सम्भावना रहेको संकेत गरेकी छन्। 'म अहिले छलफलमै छु', थापाले नेपालखबरसँग भनिन्।

मंसिर १५, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .