अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन्।
राप्रपाको महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दिँदै छन्।
राप्रपाका एक नेताका अनुसार अभिनेत्री थापाले लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारी गरेकी हुन्।
लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगन्ज उपमहानगरका मेयर धवलशम्शेर राणा पनि महामन्त्री पदका आकांक्षी छन्।
राप्रपामा १ महिलासहित ३ महामन्त्री हुने व्यवस्था छ।
राप्रपाको महाधिवेशनअन्तर्गत उम्मदेवारी दर्तालगायत नेतृत्व चयनको कार्यक्रम भोलि बिहीबार हुनेछ।
अभिनय सँगसँगै अभिनेत्री थापाले पछिल्लो समय राप्रपामा आबद्ध भएर राजनीति पनि गरिरहेकी छन्।
केही समययता अभिनेत्री थापा लिङ्देनका पक्षमा मत माग्न सक्रिय भइरहेकी थिइन्।
Shares
प्रतिक्रिया