माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन पुगेका छन्।
उनीसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका छन्।
भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा शुभकामना मन्तव्य दिन दुवै नेता पुगेका हुन्।
पूर्व राजावादीहरुको महाधिवेशनमा भाग लिन सबैभन्दा पहिले माधव नेपाल पुगे। त्यसपछि प्रचण्ड पनि उद्घाटन सत्रमा सहभागी हुन गएका हुन्।
अध्यक्ष प्रचण्ड यसअघि गृहजिल्ला चितवनमा भएको एमालेको दसौँ महाधिवेशनमा सहभागी भएनन्।
उनलाई निम्ता पठाइए पनि एमाले महाधिवेशनमा सहभागी हुन अस्वीकार गर्दै प्रचण्ड काभ्रे पुगेका थिए।
व्यस्तताको कारण देखाउँदै प्रचण्ड चितवनको नारायणी किनारमा भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्ड गएका थिएनन्।
प्रचण्ड राप्रपाको मञ्चमा बसिरहँदा नेता राजेन्द्र लिङ्देनले सम्बोधन गर्दै यही तरिकाले राजसंस्था फिर्ती र हिन्दु राष्ट्र पुनःस्थापना हुन नसक्ने बताएका छन्।
Shares
प्रतिक्रिया