ad ad

राजनीति


कांग्रेस महाधिवेशन : चितवन जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा

कांग्रेस महाधिवेशन : चितवन जिल्ला निर्वाचन अधिकृतद्वारा राजीनामा

नेपालखबर
मंसिर १५, २०७८ बुधबार ८:४८, काठमाडौँ

नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन्।

पोखरेलले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन्।

पोखरेलले राजीनामापत्रमा आफ्नो स्वास्थ्य स्थिति प्रतिकूल रहेकोले अधिवेशन गराउन असमर्थ रहेको उल्लेख गरेका छन्। उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रहसमेत गरेका छन्। 

पोखरेलले कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाएका थिए। 

पटक–पटक सर्दै आएको कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि मङ्सिर १९ गतेसम्म हुने तालिका तय भएको छ। आज उम्मेदवारी दर्ता र १९ गते मतदानको कार्यक्रम थियो।

‘केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गर्दै सबै पक्षको सहयोग र समन्वयमा जिल्ला कार्यसमितिबाहेक सबै तहका निर्वाचन सफलताका साथ सम्पन्न गरेको छु,’ राजीनामा पत्रमा पोखरेलले उल्लेख गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .