ad ad

राजनीति


नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको शपथ र पहिलो बैठक सौराहामै

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको शपथ र पहिलो बैठक सौराहामै

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार १३:५८, काठमाडौँ

पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भएलगत्तै एमाले केन्द्रीय कमिटीको बैठक महाधिवेशन स्थल सौराहामै हुने भएको छ। 

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार निर्वाचन सम्पन्न भएपछि निर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र बैठक सौराहामा हुने भएको हो। 

‘एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको छ’, रिजालले भनेका छन् । 

सौराहामा अहिले अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

सुरुवाती नतिजामा अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो अन्तरले पछि पारेका छन्।

ताजा परिणाम अनुसार ओलीले ४०० मत ल्याउँदा रावलको पक्षमा ४२ मत मात्रै झरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .