ad ad

राजनीति


एमाले महाधिवेशन : मतगणना जारी, दुई घण्टामै नतिजा आउने

एमाले महाधिवेशन : मतगणना जारी, दुई घण्टामै नतिजा आउने

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार १३:४५, काठमाडौँ

चितवनमा जारी नेकपा (एमाले) को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ। 

निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतगणना सुरू भएको दुई घण्टामै परिणाम सार्वजनिक भइसक्ने बताएका छन्। 

मतगणना सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा भइरहेको छ।  

एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ। 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने सुब्बाले बताए। अध्यक्षमा केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा भएको छ।

एमालेको नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान भएको थियो। 

निर्वाचन आयोगका अध्यक्ष सुब्बाका अनुसार महाधिवेशनमा दुई हजार एक सय ५३ मतदाता थिए।

एमाले अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका लागि मतदान भएको हो।

६ उपाध्यक्षका लागि सात जनाबीच प्रतिस्पर्धा छ। उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। 

त्यस्तै ओलीको सूचीमा नरहेका घनश्याम भुसाल पनि प्रतिस्पर्धामा रहेका छन्।

सात सचिवमा नौ जनाबीच प्रतिस्पर्धा छ। टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालबीच प्रतिस्पर्धा छ। उनीहरू सबै अध्यक्ष ओलीको सूचीका हुन्। त्यस्तै सूचीमा नरहेका भीम आचार्य र टंक कार्कीले पनि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .