ad ad

राजनीति


भीम रावललाई भोट नदिनू भनेर बाँडिएको पर्चा नै पत्रकारले देखाएपछि योगेश भट्टराई परे अकमक्क

भीम रावललाई भोट नदिनू भनेर बाँडिएको पर्चा नै पत्रकारले देखाएपछि योगेश भट्टराई परे अकमक्क

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार १३:३५, काठमाडौँ

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) बिहान चितवनको सौराहामा मतदान सम्पन्न भएको छ। 

बिहान ४ बजे सुरु भएको मतदान बिहान साढे १० बजेपछि सकिएको हो। अहिले यसको मतगणना भइरहेको छ। परिणाम आजै दिउँसो सार्वजनिक हुने एमालेको १०औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। 

बिहान मतदानका बेला सञ्चारमाध्यममा एउटा खबरले व्यापकता पायो। त्यो हो– निर्वाचन आचारसंहिता विपरीत अध्यक्षका उम्मेदवार भीम रावललगायत उनी पक्षका उम्मेदवारको सूची नै बनाएर उनीहरूलाई भोट नदिनू भनेर अध्यक्षका उम्मेदवार केपीशर्मा ओली पक्षले पर्चा वितरण गरेको पाइयो।  

मतदान सकिनासाथ ओली पक्षबाट सचिवका उम्मेदवार योगेश भट्टराईलाई मतदान सम्पन्न भएको होटल सेभेट स्टार होटलको प्रांगणमा पत्रकारले घेरे। अन्य प्रश्नसँगै त्यो पर्चाका विषयमा पनि सोधियो। 

तर उनले त्यसरी पर्चा नबाँडिएको भनेर जिकिर गरे। जब पत्रकारले पर्चा नै देखाइदिए तब उनी एकछिन अकमक्क परे। 

पर्चाबारे यसरी भयो योगेश–पत्रकार रमाइलो संवाद–

पत्रकार : भोट नदिनू नै भनेर पर्चा बाँडिएको कुरा पनि आएको छ नि?

योगेश : त्यस्तो त हामीले केही देखेका छैनौं।

अनि पत्रकारले पर्चा नै देखाइदिए। 

यसपछि योगेश : त्यस्तो आएछ भने त्याँ हेरौँला। हामीले देख्या छैनौं। 

पत्रकार हाँस्छन्। 

योगेश अझै जिकिर गर्छन् : हामीले नदेख्या कुरा...?

अनि पत्रकारले पर्चा मुखैनेर लग्दै भन्छन् : यहीँ तपाईंलाई देखाइरा’छौं हामी?

त्यसपछि लत्रेर योगेश भन्छन् : बल्ल देखाउनुभयो नि...!

पत्रकार : भोट नहाल्नू भनेर उर्दी जारी गरिएको रहेछ?

त्यसपछि योगेश : त्यो कल्ले गर्या हो, त्यसैलाई सोधौँला। अफिसियल्ली यस्तो केही पनि गर्या छैन। ​

यो पनि : ​आफूलाई भोट नहाल्न भन्दै ओली पक्षले पर्चा बाँडेकोप्रति भीम रावलको आपत्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .