ad ad

राजनीति


आफूलाई भोट नहाल्न भन्दै ओली पक्षले पर्चा बाँडेकोप्रति भीम रावलको आपत्ति

आफूलाई भोट नहाल्न भन्दै ओली पक्षले पर्चा बाँडेकोप्रति भीम रावलको आपत्ति

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार ११:४५, काठमाडौँ

नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवार नेता भीम रावलले आज बिहान मतदानका बेला प्रतिस्पर्धी केपी ओली शर्माको पक्षले आफूविरुद्ध पर्चा बाँडेको भन्दै आपत्ति जनाएका छन्। 

त्यसको विरोध गर्नेविरुद्ध उल्टै ‘जाइलागेको’ उनको आरोप छ। यसले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्र कमजोर बनाउने रावलले बताएका छन्। 

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा बिहान ४ बजे सुरु भएको मतदान अघि साढे १० बजेपछि सकिएको छ। परिणाम दिउँसो २ बजेभित्र आउने एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। 

मतदानको सुरुवाततिर भीम रावललगायत उनी पक्षका उम्मेदवारलाई मत नहाल्न भन्दै पर्चा बाँडिएको हल्ला भएको थियो। 

त्यस विषयमा रावलले लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु। उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’

यो पनिभीम रावललाई भोट नदिन भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई ओली पक्षको ‘म्यासेज’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .