ad ad

राजनीति


कांग्रेस बागलुङ सभापतिमा सिटौला समूहका शेरचन विजयी

कांग्रेस बागलुङ सभापतिमा सिटौला समूहका शेरचन विजयी

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार ७:४४, काठमाडौँ

नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन्।

मंगलबार बिहान सार्वजनिक चुनावी नतिजाअनुसार शेरचनले ८७३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७६८ मत पाएको  प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। 

शेरचन सिटौला समूहका हुन् भने उपाध्याय पौडेल समूह। सिटौला र संस्थापन समूहबीच गठबन्धन गरिएको थियो। 

यसअघि गत शनिबार गरिएको मतदानमा तीनै जना उम्मेदवाले ५१ प्रतिशत मत नल्याएपछि दोस्रोपटक निर्वाचन गरिएको हो। 

जसबाट उपसभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल, सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी तथा सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीस विजयी भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .