ad ad

राजनीति


डडेल्धुरा कांग्रेस अधिवेशन निर्वाचन समितिबाट सदर

डडेल्धुरा कांग्रेस अधिवेशन निर्वाचन समितिबाट सदर

फाइल फाेटाे


नेपालखबर
मंसिर १३, २०७८ सोमबार १८:१५, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनअन्तर्गत डडेल्धुरामा सम्पन्न विभिन्न तहका अधिवेशनलाई मान्यता दिने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको समितिको बैठकले सभापति शेरबहादुर देउवाको गृह जिल्लामा भएको अधिवेशन बदर नहुने ठहर गरेको हो। 

बैठकले डडेल्धुरामा सम्पन्न वडादेखि जिल्ला तहसम्मका अधिवेशनलाई मान्यता दिने निर्णय गरेको समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए। 

वडादेखि जिल्लासम्मको अधिवेशन एकतर्फी रुपमा गरिएको भन्दै कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लको समूह आन्दोलनमा छ। 

मल्लको समूह वडा अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै विगत १३ दिनदेखि केन्द्रीय कार्यालयमा रिले अनशन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .