ad ad

राजनीति


एमालेले विशाल भट्टराईलाई प्रदेश १ अध्यक्ष बनाउने

एमालेले विशाल भट्टराईलाई प्रदेश १ अध्यक्ष बनाउने

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७८ सोमबार १५:३१, सौराहा (चितवन)

नेकपा एमालेको आगामी कार्यकालका लागि तय गरिएका ३०१ केन्द्रीय सदस्यमा नपरेका नेता विशाल भट्टराईलाई प्रदेश १ कमिटी अध्यक्ष बनाउने आश्वासन नेतृत्वले दिएको छ।

चितवनमा जारी दसौँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमा नाम नपरेका भट्टराईलाई ओलीसहितका नेताहरुले प्रदेश १ अध्यक्ष बनाउने वचन दिएका हुन्।

एमालेमा प्रदेश १ का वर्तमान अध्यक्ष देवराज घिमिरे लगातार पाँचौँ पटक केन्द्रीय सदस्य बनेका छन्। उनी पाँचौँ महाधिवेशनदेखि केन्द्रीय सदस्य बनिरहेका छन्।

घिमिरे केन्द्रमा आएसँगै आगामी प्रदेश अधिवेशनबाट एमाले दलका प्रमुख सचेतक भट्टराईलाई अध्यक्ष बनाउने तयारी नेतृत्वले गरेको हो।

यसबारेमा भट्टराईले पनि नेतृत्वसँग केही 'अन्डर स्ट्यान्ड' भएको बताएका छन्। 

'नेताहरुसँग 'अन्डर स्टान्ड' भएको हो। मलाई विश्वास छ, कुनै न कुनै जिम्मेवारी दिनु हुन्छ', उनले नेपालखबरसँग भने, 'तर प्रदेश अध्यक्ष या अरु केहीबारे अहिले म केही पनि बोल्दिनँ।'

एमाले नेतृत्वले उनलाई प्रदेशको कमाण्ड सम्हाल्न पठाउने वचन दिएको छ। प्रदेशको अध्यक्षले स्वत: केन्द्रीय कमिटी सदस्यसरहकै हैसियत पाउँछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .