ad ad

राजनीति


राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा, पशुपति शमशेर नउठ्ने

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा, पशुपति शमशेर नउठ्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७८ सोमबार १५:१०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा गरेका छन्। 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भावी अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

तर राप्रपाका अर्का अध्यक्ष पशुपति शमशेर जबराले महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा नगर्ने निर्णय लिएका छन्। 

मंसिर १५ देखि १९ गतेसम्म हुन लागेको महाधिवेशनमा यसअघि नै राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। 

उम्मेदवारी घोषणा गरेका थापाले पनि जबराले अध्यक्षका लागि प्रतिस्पर्धा नगर्ने निर्णय लिएको जानकारी दिएका छन्। तर उनले आफू सहमतिको पक्षमा रहेको बताएका छन्। 

थापाले पटक पटक फुटबाट गुज्रिएको पार्टीलाई एक बनाइराख्ने प्रतिवद्धतासहित जबराले अध्यक्षमा नउठ्ने निर्णय लिएको बताए।

उनले जबराको साथ आफूलाई नै मिल्ने पनि विश्वास लिएका छन्। उता लिङ्देनलाई नेपालगञ्ज उपमहानगरपालिका मेयरसमेत रहेका नेता धवल शमशेर जबराले साथ दिएका छन्।

यता पशुपति शमशेरले भने भावी अध्यक्षमा उठ्न लागेका कुन नेतालाई समर्थन गर्ने भन्ने टुंगो गरिनसकेको उनीनिकट एक नेताले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .