प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको प्रदेश अधिवेशन २ दिन सर्ने भएको छ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाबीच सोमबार भएको छलफलमा उक्त सहमति बनेको हो।
कांग्रेसको निर्वाचन समिति सदस्य तेज रावलले प्रदेश अधिवेशन सरेको पुष्टि गरेका छन्।
कांग्रेसका तीन गुटको सहमतिअनुसार प्रदेश अधिवेशन अब मंसिर १८ र १९ गते हुनेछ। यसअघि १६ र १७ मंसिरमा हुने तालिका थियो।
कांग्रेसले १४ औँ महाधिवेशन आगामी मंसिर २४-२६ सम्म गर्दैछ। त्यसका लागि मंसिर २१ मा मनोनयन दर्ता हुने कार्यतालिका छ।
582
Shares
प्रतिक्रिया