ad ad

राजनीति


४३ वर्ष बिताएको एमाले छाडेर ठिक गरिएछ : विजय पौडेल

४३ वर्ष बिताएको एमाले छाडेर ठिक गरिएछ : विजय पौडेल

एकीकृत समाजवादीका नेता डा. विजय पौडेल


नेपालखबर
मंसिर १३, २०७८ सोमबार १३:४०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका नेता डा. विजय पौडेलले चार दशकभन्दा बढी समय बिताएको नेकपा एमालेबाट अलग भएर ठीक गरिएको बताएका छन्। 

चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भइरहेको ‘रमिता’ देखेपछि एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य डा. पौडेलले पार्टी छाडेकामा सन्तोष व्यक्त गरेका हुन्। 

‘हरेक राजनीतिक दल लोकतान्त्रिक होस् भन्ने चाहना राख्नु कर्तव्य सम्झन्छु। त्यसमामथि जीवनका ४३ वर्ष बिताएको माले हुँदै एमाले बनेको दलबारे समिक्षा गर्न चाहनु स्वाभाविक हो’, नेता पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो दल तानाशाही बुर्जुवा गुटमा परिणत भएको देख्दा ढिलै भए पनि विद्रोह गरेर ठीक गरिएछ! तानाशाही मुर्दावाद!’

अध्यक्ष केपी शर्मा ओलीसँग तीव्र मतभेदपछि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले एमालेबाट आफ्नो समूह अलग गराई नेकपा एकीकृत समाजवादी गठन गरेका हुन्। उनको नेतृत्वमा गठित उक्त पार्टी अहिले गठबन्धनमा सरकारमा सामेल छ भने पार्टी फुटेकै कारण एमाले भने केन्द्रदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएको छ। 

माधव नेपालकै समूहमा रहेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत १० जना पोलिटब्युरो सदस्य भने अन्तिममा माधव नेपालको साथ छाड्दै एमालेमै बसे। तर चितवनमा अहिले जारी १०औं महाधिवेशनमा ओलीले ‘तजबिज’मा नयाँ नेतृत्व घोषणा गरेपछि भीम रावल र घनश्याम भुसाल संघर्षरत छन्।

यो पनि : ​एमाले महाधिवेशन : निर्वाचन अनिश्चित, घनश्याम भुसालसहितलाई समेट्न फेरि छलफल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .