ad ad

राजनीति


७६ जना थप्दा पनि प्रमुख सचेतक विशाल भट्टराई केन्द्रीय सदस्यमा अटेनन्

७६ जना थप्दा पनि प्रमुख सचेतक विशाल भट्टराई केन्द्रीय सदस्यमा अटेनन्

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७८ सोमबार १२:३२, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा समावेश गरेनन्।

संघीय संसदमा दलका प्रमुख सचेतक भट्टराई एमालेको ३०१ जना केन्द्रीय सदस्यको सूचीबाट 'आउट' भएका हुन्। 

भट्टराई नवौँ महाधिवेशनबाट ओलीकै प्यानलबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। तर संघीय संसदमा पार्टीको तर्फबाट निर्णायक भूमिकामा रहेका भट्टराईलाई ओलीले नराखेका हुन्। 

ओलीका विश्वासपात्रमध्ये एक भट्टराई यो निर्णयबाट चकित भएका छन्। उनले यसबारेमा सञ्चारकर्मीसँग केही बोलेका छैनन्। तर निकटस्थसँग तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। 

भट्टराईसहितको टोलीले दसौँ महाधिवेशन हुनुअघि नै पटक पटक बालकोट पुगेर ओलीलाई नेतृत्व सर्वसम्मत बनाउन आग्रह गर्दै आएका थिए।

ओलीको पक्षमा खुलेर लागेका उनले महाधिवेशनस्थलमा पनि अध्यक्षले जे घोषणा गर्छन् त्यही सबैले स्वीकार गर्नुपर्ने बताएका थिए। 

भट्टराईले सचिवमै उठ्ने योजना बनाएका थिए। तर उनलाई केन्द्रीय सदस्यको सूचीमा राखिएन। ओलीको यो निर्णयबाट उनी अलमलमा परेका छन्। 

तर ओलीले भट्टराईकै गृहजिल्ला खोटाङका खगेन्द्र राई र उषाकला राईलाई भने केन्द्रीय सदस्य बनाएका छन्। 

ओलीले केन्द्रीय सदस्यमा नअटाएका भट्टराईले कुनै पदमा मनोनयन गरेका छैनन्। तर उनले यो निर्णयबाट चकित परेको बताएका छन्। 

भट्टराईका एकजना सहयोगीले भने भट्टराईलाई ओलीले प्रदेश १ मा सक्रिय गराउन चाहेको दाबी गरेका छन्। भट्टराईलाई प्रदेश १ अध्यक्षका रुपमा अघि सार्न लागिएको उनले गरेका छन्। 

'अध्यक्ष कमरेडले उहाँ (भट्टराई) लाई प्रदेश १ मा केन्द्रित गराउने योजना बनाउनु भएको छ। आगामी चुनावमा प्रदेशमा पठाएर मुख्यमन्त्रीका रुपमा अघि बढाउने कुरा बुझिएको छ', उनले भने, 'त्यहीकारण केन्द्रीय सदस्यमा नराखेको भनिएको छ। केन्द्रीय सदस्यमा नराखिएको कुरालाई लिएर भट्टराई भने अचम्मित पर्नु भएको छ। आवश्यक छलफल गर्नुहोला।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .