ad ad

राजनीति


चीन लगेपछि माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

चीन लगेपछि माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ११:५०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ। गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार सुरु गरिएको थियो। 

उपचार सुरु गरेको चौथो दिनमा नै पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिईन्। 

पुनको उपचारमा ३ दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन्। पछिल्लो परिक्षण अनुसार पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन) को मात्रा समेत घटेर १८ मा झरेको छ। यस अघि बैंककमा छाँदा बिलरुविनको मात्रा २२ थियो। 

बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरिर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरिर सुन्निने जस्ता समस्या सुधार भएको छ। 

उपचारमा सहभागि चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनको पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिए।

‘आज मात्रै मेरो भिडियो कल भएको थियो, उहाँको हिजोदेखि शरिर चिलाएको छैन, खान खान, सबैसँग कुरा गर्न थाल्नुभयो। अध्यक्ष प्रचण्डसँग पनि हिजो बेलुका भिडियो कल गर्नुभयो, चिकित्सकले खतरा मुक्त भएको र छिट्टै नेपाल फर्कनु हुन्छ भनेका रहेछन्’, चपागाँईले भने, ‘बैंककबाट चीन उड्दा शरिर सुन्निएर ७२ केजी थियो अहिले घटेर ६७ केजीमा झरेको छ। दिशामा रगत जाने समस्या पनि थियो त्यो बन्द भयो।’

बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए। नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो। 

यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गंभिर भएका बेला नेता पुनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएपनि सन्चो भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .