नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिनुअघि बन्दसत्रलाई नेता भीम रावलले जम्मा २ मिनेट सम्बोधन गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत सूची सार्वजनिक गरेपछि असहमति जनाउँदै आइतबार मध्यराति रावलले भनेका थिए, ‘म यति अगाडि बढिसकेको छु कि मलाई फर्किन गार्हो छ। माफ गर्नु होला म अध्यक्ष पदमा उम्मेदवारी दिन्छु, धन्यवाद!’
आज सोमबार बिहान एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ भने रावलले पूर्वघोषणाअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिइसकेका छन्।
उम्मेदवारी दर्तापछि भीम रावलले भने: अध्यक्षमा विजयी भएँ भने आगामी चुनावमा एमालेलाई बहुमत दिलाउँछु
1.3k
Shares
प्रतिक्रिया