ad ad

राजनीति


कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण बानियाँ विजयी (पदाधिकारी सूची)

कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण बानियाँ विजयी (पदाधिकारी सूची)

कांग्रेस काठमाडौंका नवनिर्वाचित सभापति कृष्ण बानियाँ ‘सबुज’।


नेपालखबर
मंसिर १३, २०७८ सोमबार ८:३९, काठमाडौँ

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।

अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट काठमाडौं कांग्रेस सभापति पदमा कृष्ण बानियाँ ‘सबुज’ विजयी भएको छन्। उनले १९५७ मत ल्याएर जितेका हुन्। उनका प्रतिस्पर्धी  उपेन्द्र कार्कीले १०८९ मत ल्याए। 

यस्तै उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी विजयी भएका छन्। उनीहरूले क्रमशः १९२२ र १०४७ मत ल्याएर चुनाव जितेका हुन्। 

उपसभापति पदमै उठेका धर्मराज अर्याल (१०४७) र रामलाल श्रेष्ठ (९४३) धर्मराज अर्याल भने हारे। 

यस्तै कांग्रेस काठमाडौं जिल्ला सचिवमा इन्द्र बहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) विजयी भएका छन्। सोही पदमा चुनाव लडेका सागर दास रन्जित (९४४) र कुमारराज सुवेदी (८५८) हारे।  

यस्तै सहसचिवमा प्राडा अमिता प्रधान (२०६६) र रोमलाल श्रेष्ठ (१७७५) विजयी भएका छन् भने सुस्मिता प्रधान (९८८) र लक्षम्ण गौतम  (९०२)  हारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .