गृह मन्त्रालयले अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
अफ्रिकन देशहरुमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएपछि गृह मन्त्रालयले आइतबार अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
अध्यागमन विभागका प्रमुख नारायणप्रसाद भट्टराईका अनुसार अब अफ्रिकन देशका नागरिकले नेपाल प्रवेश गर्न पाउने छैनन्। अफ्रिकाबाट आउने नेपाली पासपोर्ट बाहक र डिप्लोम्याटहरुलाई स्वास्थ्य मापदण्डअनुसार होटल क्वारेन्टाइनमा राख्ने निर्णय पनि गृह मन्त्रालयले गरेको छ।
हवाई मार्ग बाहेक अफ्रिकन मुलुकका नागरिकलाई स्थलमार्गबाटसमेत नेपाल प्रवेशमा रोक लगाउन सबै सीमा नाका गृहले सर्कुलर गरेको छ।
मंसिर १३, २०७८, साेमबार
प्रतिक्रिया