ad ad

राजनीति


एमालेको अनुशासन आयोगमा केशव बडाल, लेखा आयोगमा पुष्प कँडेल

एमालेको अनुशासन आयोगमा केशव बडाल, लेखा आयोगमा पुष्प कँडेल

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ७:५३, काठमाडौँ

एमाले अध्यक्ष केपी ओलीले एमालेको अनुशासन आयोगको अध्यक्षमा केशव बडाल र लेखा आयोगको अध्यक्षमा पुष्प कँडेलको नाम प्रस्ताव गरेका छन्।

दुबै आयोग २५ २५ सदस्यीय हुने व्यवस्था एमालेको विधानले गरेको छ। 

आज बिहान साढे ३ बजे ओलीले महाधिवेशनको बन्दसत्रमा एमालेको केन्द्रीय समितिका पदाधिकारीसँगै बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग र कँडेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोगमा रहनेको नाम पनि प्रस्ताव गरेका हुन्। ओलीले प्रस्ताव गरेका नाम हलबाट पारित भएको बताइएको छ।

अनुशासन आयोगमा ११ महिला र १४ जना पुरुष छन् भने लेखा आयोगमा ९ महिला र १६ पुरुष छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .