ad ad

राजनीति


घरमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

घरमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७८ सोमबार ६:३८, काठमाडौँ

चितवनको राप्ती नगरपालिकाको एक घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ। 

राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा आगलागी भएको हो। आगलागीमा परेर जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमाजलेर नष्ट भएको छ । घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। 

सोलारको तार सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी आएको प्रहरीको भनाई छ। शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .