नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान १ बजे दसौँ महाधिवेशन बन्दसत्रमा पेश गरेको ३०१ जना केन्द्रीय सदस्यको सूची अनुमोदन भएको छ।
चितवनको सौराहामा राति पौने १ बजे अध्यक्ष ओलीले करिब १८ मिनेट लगाएर बाचन गरेको ३०१ केन्द्रीय सदस्यको सूचीलाई बन्दसत्रको हलले अनुमोदन गरेको हो।
आइतवार दिनभर पार्क सफारी रिसोर्टमा बसेर तयार गरेको सूची ओलीले वाचन गरेर सुनाएका हुन्।
शनिबार प्राप्त सर्वाधिकार अनुसार ओलीले नाम सुनाउँदा बन्दसत्रमा सहभागी केही नेताहरुले आपत्ति जनाए पनि अन्य पदमा समेटेर लाने आश्वासन ओलीले दिएका छन्।
1.5k
Shares
प्रतिक्रिया