ad ad

राजनीति


ओलीले बन्दसत्रमा सुनाए ३०१ केन्द्रीय सदस्यहरुको नाम, पदाधिकारीमा सहमति बाँकी

ओलीले बन्दसत्रमा सुनाए ३०१ केन्द्रीय सदस्यहरुको नाम, पदाधिकारीमा सहमति बाँकी

फाइल फोटो


नेपालखबर
मंसिर १३, २०७८ सोमबार ०:५६, चितवन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौँ महाधिवेशनबाट चयन गरिने ३०१ केन्द्रीय सदस्यको नाम सुनाएका छन्।

अध्यमण्डलको दुई घण्टा लामो बैठकपछि अध्यक्ष ओलीले बन्दसत्र हलभित्र पुगेर सुरुमा केन्द्रीय सदस्यहरुको नाम वाचन गरेका हुन्।

ओलीले सर्वसम्मतिमा ३ सय १ जनालाई केन्द्रीय सदस्य चयन गरेको बताएका छन्। 

प्रदेश १ बाट अमृता सुब्बा, मन्जु भण्डारी र लक्ष्मी गौतमसहितको नाम केन्द्रीय सदस्यमा अटाएको छ।

एमालेले सहमतिमा नआउनेका लागि निर्वाचन पनि खुला गरेको छ। त्यसका लागि उपाध्यक्ष भीम रावलले अध्यक्षमा मनोनयन दिन पत्र नै लिइसकेका छन्। 

ओलीले आफूनिकट केही नेताहरुसँग आइतवार दिनभर पार्क सफारी होटलमा बसेर यो सूची तयार गरेका हुन्। 

ओलीले पदाधिकारीमा भने अझै सहमति हुन बाँकी रहेको बताएका छन्।

उनले पदाधिकारीको नाम अझै सहमति कायम गरेर सुनाइने  बन्दसत्रमा सहभागीलाई बताएका छन्। 

पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवसहितका पदमा ओलीले आफ्नै समूहका नेतालाई मिलाउन सकेका छैनन्।

ओलीमाथि पूर्व माओवादी, माधव नेपाललाई छाडेर आएका १० भाइ र आफ्नै समूह मिलाएर लैजानुपर्ने बाध्यता छ।

को को परे? केही नाम

वैजनाथ चौधरी 
कृपराम थारु
गौरीशंकर चौधरी
गंगा चौधरी
रामदयाल मण्डल
कविता नेपाली
जंगबहादुर नेपाली
रामरति राम
रामबहादुर थापा
मोहन बानियाँ
विनोद श्रेष्ठ
मञ्जुकुमारी थापा मगर
बिना श्रेष्ठ
नरेन्द्र श्रेष्ठ
तिलकुमार मेयाङ्बो
मेनुका काफ्ले
उषाकला राई
प्रभु साह 
रामदयाल मण्डल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .