ad ad

राजनीति


भीम रावलले लिए अध्यक्षका लागि मनोनयन पत्र, भोलि दर्ता गर्ने

भीम रावलले लिए अध्यक्षका लागि मनोनयन पत्र, भोलि दर्ता गर्ने

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ०:४८, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष चितवनको सौराहामा जारी दसौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पदका लागि मनोनयन पत्र लिएका छन्।

निर्वाचन आयोगबाट लिएको मनोनयन पत्र उनले मध्यराति नै भरिसकेका छन्। तर उनले दरखास्त फारम बुझाउन पाएनन्। 

रावलले मध्यराति एमालेको केन्द्रीय निर्वाचन आयोगबाट निर्वाचत तालिका सार्वजनिक भएसँगै मनोनयनका लागि निवेदन फारम लिएका हुन्।

बन्दसत्रस्थलमा धेरै भीड भएपछि आयोगले मनोयन फारम लिने समय सोमबार बिहान ८ देखि ९ बजेलाई तोकेको छ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेपछि उनले मनोनयन फारम भरेका हुन्। उपाध्यक्ष रावलले मनोनयन फारम सोमबार बिहान दर्ता गराउने पनि जानकारी दिए।

आयोगले सोमबार बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम अघि बढाउने भएको छ। सोमबार बिहान ९ बजेदेखि १० बजेसम्म मनोनयन दर्ता भएपछि उम्मेदवारको नामावली साढे १० सम्म पुनप्रकाशन गरिने भएको छ

त्यसपछि बिहान ११ बजेसम्म उम्मेदवारले नामावली फिर्ता लिएपछि साढे ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ।

रावलले आफूसँग कसैले पनि सहमतिका लागि कुरा नगरेको पनि बताए। 'अध्यक्षमा मैले पहिलेदेखि नै दाबी गरेको थिएँ। अब मनोनयन गरेको छु। निर्वाचन मण्डलले तोकेको समयमा उम्मेदवारी दर्ता हुन्छ', उनले भने।

शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरु छान्ने अधिकार दिएको थियो। तर उनकै समूहमा सहमति भएन। त्यसपछि निर्वाचन प्रक्रिया थालियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .