ad ad

राजनीति


अध्यक्षमण्डलको बैठक सकेर मध्यराति बन्दसत्र हलमा छिरे केपी ओली

अध्यक्षमण्डलको बैठक सकेर मध्यराति बन्दसत्र हलमा छिरे केपी ओली

बन्दसत्रमा सहभागी हुन जाँदै एमाले अध्यक्ष ओली। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
मंसिर १३, २०७८ सोमबार ०:२२, चितवन

महाधिवेशन अध्यक्षमण्डलको दुई घण्टा लामो बैठकपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलतिर छिरेका छन्। 

निर्वाचन आयोगले मध्यराति निर्वाचन प्रक्रिया अघि बढाउन मतदाता नामावली र निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेपछि ओली बन्दसत्र हलमा छिरेका हुन्। 

बन्दसत्र हलमा उनलाई आइतवार दिनभरी महाधिवेशन प्रतिनिधिले कुरिरहे। तर उनी पार्क सफारी होटलबाट निस्किएर राति पौने १० बजे मात्रै बन्दसत्र राखिएको सेभेनस्टार होटल पुगेका हुन्। 

ओलीले अधिकांश पदमा सहमति जुटाएका छन्। शनिबार पदाधिकारी र केन्द्रीय सदस्य चुन्ने अधिकार हलबाट पाएका उनलाई आफ्नै समूह मिलाउन महाभारत परेको थियो।

तर एमालेले अब सहमति हुन नसक्ने पदका लागि सोमबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्मलाई मतदान निर्धारण गरेको छ। सहमति भएका पदमा अहिले राति नै घोषणा गर्ने तयारी छऽ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .