ad ad

राजनीति


हाजिर भएको एक सातामै सहसचिवको सरुवा

हाजिर भएको एक सातामै सहसचिवको सरुवा

नेपालखबर
मंसिर १२, २०७८ आइतबार १९:१९, काठमाडौँ

मुस्लिम आयोगमा हाजिर भएका एक सहसचिव एक सातामै अर्को निकायमा सरुवा भएका छन्। 

सहसचिव होमप्रसाद लुईँटेल एकसाता मात्रै आयोगमा काम गरे। सरुवा भएर जाने सहसचिव आयोगको सचिव रहन्छन्। उनको आयोगभित्र महत्वपूर्ण भूमिका हुन्छ। 

तीन दिनअघि सहसचिव लुईँटेलको पर्यटन मन्त्रालयमा सरुवा भएको हो। स्रोतका अनुसार सरुवा पाएकै दिन लुईँटेलले आयोगबाट रमाना पत्र लिएर पर्यटन मन्त्रालयमा हाजिर गरे। 

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूकहाँ आएका सहसचिव लुईँटेलको एक हप्तामै अर्को निकायमा सरुवा भएकोमा आश्चर्य व्यक्त गरे। 

‘आयोगसँग खासै बजेट हुँदैन। त्यसैले पनि होला आयोगमा कर्मचारी सरुवा भएर जानै चाहँदैनन्। गइहाले भने पनि धेरै बस्दैनन्’ अन्सारीले नेपालखबरसँग भने। 

सामान्य प्रशासन मन्त्रालयले लुईँटेलको स्थानमा मंसिर ९ गते नै सहसचिव रेखा दासको सरुवा गरेको छ। तर दास अहिलेसम्म आयोगमा हाजिर हुन गएकी छैनन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .