ad ad

राजनीति


साझा उम्मेदवारबारे रामचन्द्रको जवाफ : दुईचार दिनमा केही न केही निर्णय गर्छौँ

साझा उम्मेदवारबारे रामचन्द्रको जवाफ : दुईचार दिनमा केही न केही निर्णय गर्छौँ

नेपालखबर
मंसिर १२, २०७८ आइतबार १६:१, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईचार दिनभित्रै साझा उम्मेदवारबारे निर्णयमा पुग्ने बताएका छन्। 

पौडेलको 'नेपाली कांग्रेसको अबको बाटो' अवधारणा पत्र सार्वजनिक कार्यक्रममा आइतवार पत्रकारहरुको जिज्ञासा मेटाउँदै यसो भनेका हुन्। 

'२/४ दिनभित्र केही न केही निर्णयमा पुग्छौँ', उनले भने, 'अहिले पनि हामी सल्लाह र परामर्शमा छौं।'

महाधिवेशन आउन दुई साता पनि समय नरहँदा पौडेल पक्षले अझै पनि सभापति शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार चयन गर्न सकेको छैन। 

उनी आफैंसहित यो समूहमा अहिले प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालासहित सभापतिका दाबेदार छन्। 

पौडेलले फरक प्रशंगमा संविधान संशोधनका नाममा देशलाई राजनीतिक प्रयोगशाला बनाउन नहुने पनि उल्लेख गरे।

'देशलाई राजनीतिक प्रयोगशाला बनाउनु हुन्न',  संविधान संशोधन गर्नु पर्छ कि पर्दैन भन्ने प्रश्नको जवाफमा उनले अगाडि भने, 'अहिलेको व्यवस्थालाई बलियो बनाएर जानुपर्छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .