नेपाली कांग्रेस काभ्रे जिल्ला कार्य समिति सभापतिमा तीर्थ लामा विजयी भएका छन्।
सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षको साथ पाएर मैदानमा उत्रिएका उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय अच्युत पौडेललाई ८७६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
विजयी लामाले १६ सय ४६ मत ल्याउँदा पौडेलले दोब्बरभन्दा धेरै कम अर्थात ७७० मत मात्रै ल्याउन सफल भए।
60
Shares
प्रतिक्रिया