ad ad

राजनीति


तीन पदाधिकारी र ३५ केन्द्रीय सदस्य पद माग्दै ओली बसेको रिसोर्टमा बादल समूह

तीन पदाधिकारी र ३५ केन्द्रीय सदस्य पद माग्दै ओली बसेको रिसोर्टमा बादल समूह

नेपालखबर
मंसिर १२, २०७८ आइतबार १०:२६, काठमाडौँ

नेकपा (एमाले) को अब बन्ने नयाँ केन्द्रीय कमिटीमा पूर्वमाओवादी पक्षले तीन पदाधिकारी माग गरेको छ। 

रामबहादुर थापा बदालसहित शनिबार बसेको पूर्वमाओवादी नेताहरूको बैठकले आफ्नो समूहबाट कम्तीमा तीन पदाधिकारी र ३५ जना  केन्द्रीय सदस्य बनाइनुपर्ने निष्कर्ष निकालेको हो।

स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीका अनुसार उपाध्यक्ष, उपमहासचिव र सचिव तथा ३५ जना केन्द्रीय सदस्य दिनुपर्ने माग गरिएको हो। यस विषयमा नेता थापा, रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साह ओलीसँग छलफलमा छन्। 

ओली बसेकै होटलमा तिनै नेता पुगेका छन्। ‘हाम्रो समूहको शीर्ष नेतृत्व अहिले ओलीसँग छलफलमा हुनुहुन्छ,’ बादल समूहमा रहेका केन्द्रीय सदस्य नविन रोका मगरले
नेपालखबरसँग भने

उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव रायमाझी र सचिव भट्टलाई बनाउनुपर्नेगरी सूची पेस गरिएको छ। यसैगरी कम्तीमा ३५ जना केन्द्रीय सदस्य आफ्नो समूहबाट बनाइनुपर्ने माग उनीहरूले गरेका छन्। 

यो पनिआज एमाले अध्यक्ष पदमा उम्मेदवारी दर्ताको तयारी गर्दै भीम रावल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .