ad ad

राजनीति


आज एमाले अध्यक्ष पदमा उम्मेदवारी दर्ताको तयारी गर्दै भीम रावल

आज एमाले अध्यक्ष पदमा उम्मेदवारी दर्ताको तयारी गर्दै भीम रावल

नेपालखबर
मंसिर १२, २०७८ आइतबार १०:५, काठमाडौँ

चितवनमाको सौराहामा जारी नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आज (आइतबार) उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। 

आफूसँग सहमतिका विषयमा कसैले कुरा नगरेको भन्दै रावलले आज उम्मेदवारी दिने बताएका हुन्। अब चुनावमै गएर नतिजा कुर्ने उनको भनाइ छ। 

‘मेरो उम्मेदवारी पर्छ’, उनले आइतबार बिहान भने, ‘एमालेको नेतृत्व मतदानबाट नै छानिन्छ।’ 

उता केपी अध्यक्ष ओली पक्ष  भने ‘सर्वसम्मत’ नेतृत्व घोषणा गर्ने तयारीमा छ। 

यो पनि : ​एमाले नयाँ नेतृत्वको ‘सर्वसम्मत’ सूची तयार, भीम रावल ५ मिनेटमा ‘फालिने’ दाबी

केपी ओली निरन्तर छलफलमा
केपी ओली भने सर्वसम्मतका लागि निरन्तर छलफलमा व्यस्त छन्। 

अहिले पनि उनी आफू बसेको सौराहास्थित होटल पार्क सफारीमा रावलबाहेक शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।

छलफलमा नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, ईश्वर पोखरेललगायत छन्। 

एक नेताले नेपालखबरसँग भने, ‘अध्यक्ष कमरेड नेताहरूसँग छलफलमा हुनुहुन्छ। राति अलि ढिला सुत्नुभएकाले अरूलाई चैं भट्नुभएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .