ad ad

राजनीति


उपसभापति उठ्ने कांग्रेस नेतृ ईश्वरी न्यौपानेको तयारी

उपसभापति उठ्ने कांग्रेस नेतृ ईश्वरी न्यौपानेको तयारी

नेपालखबर
मंसिर १२, २०७८ आइतबार ८:३५, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले आगामी महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिन चाहेको बताएकी छन्।   

पार्टी संस्थापन पक्ष निकट मानिने न्यौपानेले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफू पार्टीको केन्द्रीय उपसभापतिमा उठ्न चाहेको बताएकी हुन्।  

‘साथीहरु संविधानमा सभामुख वा उपसभामुख मध्ये एक महिला, त्यसैको भावना अनुरुप स्थानीय तहमा मेयर वा उपमेयरमध्ये एक जना महिला, अध्यक्ष वा उपाध्यक्ष मध्ये एक महिला निर्वाचित  हुनुपर्ने व्यवस्था गर्यौं,’ उनले फेसबुकमा लेखेकी छन्, ‘संविधानको मर्म अनुरुप अब हाम्रो पार्टीमा पनि सभापति वा उपसभापति मध्ये एक महिला। साथीहरू दुई पल्ट केन्द्रीय सदस्य तपाईंहरुको साथले निर्वाचित भएँ। अब मेरो चाहना नेपाली कांग्रेसको केन्द्रीय उपसभापतिमा छ।’

२०३६ सालदेखि बहुदलको प्रचार–प्रसार गरेर राजनीतितर्फ आकर्षित न्यौपाने दुई पटक संविधानसभा सदस्यसमेत भइसकेकी छन्। भ्रातृ संगठन नेपाल महिला संघकी उपाध्यक्षसमेत रहिसकेकी न्यौपाने पार्टीको केन्द्रीय सदस्यसमेत छन्। 

केन्द्रीय कार्यसमितिमा यो उनको दोस्रो कार्यकाल हो। न्यौपाने पार्टीको सचेतक समेत भइसकेकी छन्। दुईपटक पार्टीको केन्द्रीय सदस्य बनिसकेकी न्यौपाने गएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ मा टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसँग पराजित भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .