ad ad

राजनीति


एमाले नयाँ नेतृत्वको ‘सर्वसम्मत’ सूची तयार, भीम रावल ५ मिनेटमा ‘फालिने’ दाबी

एमाले नयाँ नेतृत्वको ‘सर्वसम्मत’ सूची तयार, भीम रावल ५ मिनेटमा ‘फालिने’ दाबी

नेपालखबर
मंसिर १२, २०७८ आइतबार ८:१५, काठमाडौँ

नेकपा एमालेको नयाँ नेतृत्व आज (आइतबार) सर्वसम्मतीबाट घोषणा गरिने भएको छ। 

महाधिवेशन बन्दसत्रको ‘सिंगो हल’ले सम्पूर्ण अधिकार केपी ओलीलाई सुम्पिइसकेकाले आज उनले एमालेको नयाँ नेतृत्वको सूची सार्वजनिक गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

यो पनि : एमाले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार केपी ओलीलाई

‘सूची तयार भइसकेको छ’, आइतबार बिहान नेपालखबरको जिज्ञासामा कार्यालय सचिव तामाङले भने, ‘त्यो सूची आजको बन्दसत्रमा अध्यक्ष कमरेड (केपी ओली) ले सार्वजनिक गर्नुहुन्छ।’

सर्वसम्मतीबाटै नेतृत्व चयनको सम्भावना कति छ भन्ने नेपालखबरको प्रश्नमा कार्यालय सचिव तामाङले भने, ‘सम्भावनाको कुरै भएन, सर्वसम्मतीबाट गर्ने भनेर हिजो सिंगो हलले कमरेड अध्यक्षलाई सम्पूर्ण अधिकार दिएको छ।’ 

‘त्याे त हाे, तर उपाध्यक्ष भीम रावल त चुनाव लड्छु भनिरहेका छन् नि?’ 

तामाङले भने, ‘उहाँको उम्मेदवारी नै हो भने हामी हलमा ५ मिनेटमा टुंग्याइदिन्छौं। हलमा हात उठाइन्छ।’

उनले मतदान विविध तरिकाबाट हुने उल्लेख गर्दै खुला रूपमा हात उठाएर गनिने बताए। 

आजको बन्दसत्र मध्याह्न १२ बजे सुरु हुने कार्यालय सचिव तामाङले जानकारी दिए। 

ओलीको अध्यक्षतामा एमालेको नयाँ पदाधिकारीकाे सूची पूरै तयार भइसकेको जानकारी दिएका तामाङले त्यो अहिले खुलाउन भने नमिल्ने बताए।

एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा शुक्रबारदेखि जारी छ। शुक्रबार नारायणी नदी किनारमा उद्घाटन सत्र सम्पन्न गरिएको एमाले महाधिवेशनको बन्द सत्र शनिबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा जारी छ। ​

निर्धारित समयानुसार एमालेको महाधिवेशन आजै (मंसिर १२) सकिनुपर्नेछ।  

यो पनि : ​ओलीलाई अधिकार दिएकोमा भीम रावलको आपत्ति, सहमतिका नाममा पछि नहट्ने

यो पनि : ​एमालेको नयाँ नेतृत्व चयन गर्ने सर्वाधिकार ओलीलाई सुम्पिइएपछि मध्यराति भट्टराईको कडा टिप्पणी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .