ad ad

राजनीति


सहमतिका लागि मलाई कसैले सोधेनन्, अध्यक्षबाट पछि हट्दिनँ : भीम रावल

सहमतिका लागि मलाई कसैले सोधेनन्, अध्यक्षबाट पछि हट्दिनँ : भीम रावल

फाइल फोटो


नेपालखबर
मंसिर ११, २०७८ शनिबार १५:२१, चितवन

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूसँग सहमतिका लागि कसैले कुरा नगरेको बताएका छन्। 

उनले सहमतिबारे अध्यक्ष केपी शर्मा ओलीसहित कोहीसँग कुरा भएको बताउँदै अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन्।

सौराहास्थित एमालेको बन्दसत्र स्थल होटल सेभेन स्टारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्षमा उम्मेदवारी दिने बताए।

'सहमतिका लागि मसँग कसैले सल्लाह समेत गरेका छैनन्', उनले भने, 'मैले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेको छु। अब मेरो उम्मेदवारी पर्छ।’

उनले आफूलाई बाहिर राखेर सहमतिका नाममा भएका छलफलबारे थाहा नभएको पनि बताए। ‘सहमति खोज्न कुनै छलफल भएको छैन', रावलले भने, 'कसले कहाँ के के कुरा गरे? मलाई जानकारी छैन।’

एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि बन्द सत्र सुरु हुँदैछ। अहिले एमाले अध्यक्ष ओली बन्दसत्र हुने हलभित्र छिरिसकेका छन्। 

रावलले अध्यक्ष पदका लागि महाधिवेशनको बन्दसत्रस्थल सौराहामा भोट माग्न थालेका छन्। 

१०औँ महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र हुनै लाग्दा रावलले भोट माग्न थालेका हुन्।

अध्यक्षसहित सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयासमा केपी शर्मा ओली रहेका बेला रावलका त्यसमा बाधक बन्दै भोट माग्न थालेका हुन्। 

रावलले कुनै हालतमा अध्यक्षको उम्मेदवारीबाट ब्याक नहुने अडान लिएका छन्। उनी अहिले महाधिवेशनस्थलमा पुगेर प्रतिनिधिहरूसँग भोट मागिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .