ad ad

राजनीति


बन्दसत्र सुरु हुनुअघि सर्वसम्मत जुटाउन ओलीको प्रयास जारी, यस्तो छ आन्तरिक तयारी

बन्दसत्र सुरु हुनुअघि सर्वसम्मत जुटाउन ओलीको प्रयास जारी, यस्तो छ आन्तरिक तयारी

ओली बसेकाे सौराहास्थित पार्क सफारी रिसोर्ट।


नेपालखबर
मंसिर ११, २०७८ शनिबार १०:२४, काठमाडौँ

चितवनमा शुक्रबारदेखि जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनको प्रक्रिया (बन्दसत्र) सुरु गरिँदै छ।

यो खबर लेख्दासम्म बन्दसत्र सुरु भइसकेको छैन।

अब बन्ने केन्द्रीय कमिटीसहित पार्टीका सबै संरचनामा सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा आलीले भगीरथ प्रयत्न गरिरहेका छन्। अहिले पनि उनी शीर्ष तहका नेताहरूसँग छलफल गरिरहेका छन्। 

यसअघि मध्यराति बसेको एमालेको साविक केन्द्रीय कमिटीको बैठकबाट उनले सर्वसम्मती गराउन पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म विस्तार गर्दै विधान संशोधन प्रस्ताव पारित गराएका छन्। तर त्यो प्रस्ताव आज हुने बन्दसत्रले अनुमोदन गर्यो भने मात्र कार्यान्वयन हुनेछ।

नयाँ प्रस्तावअनुसार साविक विधानबमोजिम पदाधिकारी संख्या १५ बाट बढाएर १९ पुर्‍याइएको छ। २/२ जना उपमहासचिव र उपाध्यक्ष थपिएकाे हाे।

आफ्नै समूहका नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि अध्यक्ष केपी शर्मा ओलीले सबै समेट्ने प्रयासअनुरूप पदाधिकारी थप्ने निर्णय गराएका हुन्। 

त्यस्तै शुक्रबार मध्यरातिको बैठकले केन्द्रीय कमिटी पनि २२५ सदस्यीयबाट ३०१ सदस्यीय बनाउने तथा पोलिटब्युरो कमिटी पनि ब्युँताउने निर्णय गरेको छ। 

पोलिटब्युरोमा ९९ जना सदस्य रहनेछन् भने ४५ स्थायी स्थायी कमिटी यसअघि नै छ। 

बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

तर ओली आफैंलाई पुनः अध्यक्षमा सर्वसम्मत हुन चुनौती छ।

कारण महाधिवेशन उद्घाटनअघि नै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका उपाध्यक्ष भीम रावलले शुक्रबार मध्यराति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप्दै सर्वसम्मत जुटाउने निर्णय गरिसक्दा पनि अडान छाडेका छैनन्। 

यो खबर लेख्दासम्म उनी आज अध्यक्ष पदमा उम्मेदवारी दिने बताइरहेका छन्। 

यसैले बिहानै सुरु हुने भनिएको बन्दसत्र यो खबर लेख्दासम्म सुरु हुन सकेको छैन।

अहिले ओली सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुटाउन शीर्ष तहका नेताहरूसँग छलफल गरिरहेका छन्। 

स्रोतका अनुसार ओलीले आफू अध्यक्ष, ईश्वर पोखरेल र सुवास नेम्वाङमध्ये एक जना वरिष्ठ उपाध्यक्ष, विष्णु पौडेल र शंकर पोखरेलमध्ये एक जना महासचिव बनाउने तयारी छ। यी सबै आफू पक्षकै नेता भएकाले ओलीलाई पदाधिकारी व्यवस्थापन गर्न गाह्रो भइरहेको हो।

यस्तै माओवादी केन्द्रबाट गएका रामबहादुर थापा बादल समूहकाले पनि ४ पदाधिकारी दाबी गरेको छ। तर पाउने सम्भावना नरहेको स्रोतले जनाएको छ। ​

यो पनिएमालेले थप्यो ४ पदाधिकारी, केन्द्रीय कमिटी अब ३०१ सदस्यीय, पोलिटब्युरो पनि ब्युँतियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .