नेकपा (एमाले)को केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार साँझ बस्दैछ।
सौराहास्थित होटल जंगल क्राउनमा बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
यो बैठक अन्तिम बैठक हो। एमालेको नयाँ नेतृत्व चयनको लागि भोलिदेखि बन्दसत्र सुरु हुँदैछ।
केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन अहिलेसम्म थोरै नेता बैठकस्थल पुगेका छन्।
बैठक ८ बजे सुरु हुने भनिए पनि नेताहरु आइनपुगेकोले ढिला हुने भट्टराईले बताए।
केन्द्रीय कमिटी बैठकका एजेन्डा भने दिइएको छैन।
78
Shares
प्रतिक्रिया