नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका पूर्व लडाकुलाई फकाउने कोसिस गरेका छन्।
चितवनको नारायणी किनारमा आयोजित पार्टीको दसौँ महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
अहिले एमालेमाथि प्रहार भइरहेको बताउँदै उनले एमालेमाथिका प्रहारलाई सूर्य अंकित झण्डाले रोक्ने पनि उनले बताए।
ओलीले माओवादीले युद्ध लडाएका लडाकुलाई बेवास्ता गरेको भन्दै ओलीले फकाउने कोसिस गरेका छन्।
'हामी पूर्व लडाकुहरुको व्यवस्थापन गर्छौ। अहिले मिल्ने भए यहाँ दशौँ हजार प्रवेश गर्न तयार थिए', उनले भने, 'जनयुद्ध हाँक्ने पूर्वलडाकु तर मेयर र मन्त्री त अरु नै बनेँ।'
उनले यो कटाक्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनुप्रति गरेका हुन्। रेनु अहिले भरतपुर महानगरपालिकाकी मेयर छिन्।
उनले पूर्व लडाकुहरुको अधिकार एमालेले दिने बताउँदै पार्टीमा आउन पनि अपिल गरेका छन्।
Shares
प्रतिक्रिया