चितवनको सौराहास्थित नारायणी नदी किनारमा जारी नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सत्तारुढ नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ।
माओवादी केन्द्रका तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोखरेल सहभागी भएका हुन्। कार्यक्रमका उद्घोषक एमाले सचिव प्रदीप ज्ञवालीले केही बेरअघि उनलाई आसन ग्रहण गराएका छन्।
यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई निम्ता आएको भए पनि पार्टीमा छलफल गर्नुपर्ने बताएका थिए।
यस क्रममा आज उद्घाटन समारोहमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड नगएर स्थायी कमिटी सदस्य पोखरेललाई पठाइएको हो। अन्य पार्टीबाट भने कार्यक्रममा पार्टी प्रमुख नै सहभागी भएका छन्।
72
Shares
प्रतिक्रिया