नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी फुटेपछि र सरकारबाट बाहिरिएपछि नेकपा एमाले कमजोर भयो भन्नेहरूलाई आज (शुक्रबार) नारायणी किनार नियाल्न आग्रह गरेका छन्।
चितवनको सौराहास्थित नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहमा उद्घाेषण गर्दै सचिव ज्ञवालीले अहिले एमाले कमजोर भयो भन्ने भाष्य निर्माण गरिएको बताएका हुन्।
‘त्यस्तो भाष्य निर्माण गर्नेहरूलाई म आग्रह गर्छु– आज नारायणी किनार हेर्नुहोला।’
अहिले एमालेकाे दसाैँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन सत्र चलिरहेकाे छ।
132
Shares
प्रतिक्रिया