ad ad

राजनीति


योगेश भट्टराई भन्छन् : हामी मलामी गएका होइनौँ, महाधिवेशनमा खर्च त हुन्छ नै

योगेश भट्टराई भन्छन् : हामी मलामी गएका होइनौँ, महाधिवेशनमा खर्च त हुन्छ नै

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १६:१७, काठमाडौँ

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवनमा शुक्रबारदेखि हुने दसौँ महाधिवेशनमा करिब साढे ७ करोड खर्च हुने बताएका छन्।

नारायणी नदी किनारस्थित महाधिवेशनमा उद्घाटनस्थलमा बिहीबार पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। 

'एमाले महाधिवेशनमा साढे ७ करोड खर्च हुने हाम्रो अनुमान छ। तर यो हाम्रो पार्टीका सदस्यबाट आएको रकम हो। हामीले कसैबाट चन्दा लिएका छैनौँ', उनले भने, 'देशकै ठूलो कम्युनिष्ट पार्टीको कार्यक्रम हुँदैछ। अलिअलि तामझाम त हुन्छ नै। हामी मलामी गएका होइनौँ, उत्सवमा खर्च हुन्छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .