ad ad

राजनीति


एमाले महाधिवेशन : भारतबाट पाँच दलका नेता आउने, चीनबाट भिडियो सन्देश मात्रै

एमाले महाधिवेशन : भारतबाट पाँच दलका नेता आउने, चीनबाट भिडियो सन्देश मात्रै

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १५:३९, काठमाडौँ

नेकपा एमालेको दसौँ महाधिवेशनमा आतिथ्य ग्रहण गर्न भारतबाट विभिन्न पाँच दलका नेता आउने भएका छन्।

भारतबाट पूर्वस्वास्थ्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनको नेतृत्वमा एउटा टोली आइसकेको छ।

त्यस्तै भारतबाटै अन्य ४ राजनीतिक दलका प्रतिनिधि पनि आउने भएका एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले बताएका छन्। 

तर उत्तरी छिमेकी चीनबाट भने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले भिडियो सन्देश मात्रै पठाउने भएका छन्। 

कोरोना महामारीलाई कारण देखाउँदै सीपीसीका कुनै पनि नेता नेपाल नआउने भएका हुन्। 

चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि करिब एक वर्षदेखि कुनै पनि देशको भ्रमणमा निस्किएका छैनन्। 

चीनबाट सन् १९९३ देखि अहिलेसम्म भएका सबै महाधिवेशनमा  अतिथि आउने गरेका थिए। 

भट्टराईका अनुसार महाधिवेशनमा सहभागी हुन विदेशी मुलुकबाट आठ पार्टी १५ जना प्रतिनिधि आउने पक्का भएको छ।

हालसम्म २५ वटा देशबाट शुभकामना सन्देश आइसकेको छ। एमालेले चीन, म्यानमारदेखि उत्तर कोरियाका कम्युनिष्ट पार्टीलाई समेत निमन्त्रण गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .